All in One Tips and Trickskhushima Tips And TricksKhushima Tricks

Monday, November 24, 2014

यसरी छिटो बन्द हुन्छ कम्प्युटर


कम्प्युटर प्रयोग गर्नेहरुलाई कम्प्युटर सुस्तो खुलेर र ढिलो बन्द भएर हैरान बनाएको हुन्छ। तपाइँले दैनिक नै कम्प्युटर ढिलो बन्द भएका कारण घर वा कार्यालयबाट निस्कन ढिलाइ भोग्नुभएको होला। कम्प्युटरको अपरेटिङ सिस्टम बन्द हुनका लागि केही समय लागिहाल्छ। त्यो तपाइँ हामीलाई हतार भएको बेलामा निक्कै लामो लागिरहेको हुन्छ।
त्यसैले कतिपयले कम्प्युटरलाई छिटो बन्द गराउनका लागि फोर्स सटडाउन जस्ता सफ्टवेयर पनि हालेका हुन्छन्। तर, सफ्टवेयर राखेर छिटो कम्प्युटर बन्द गराउनु भन्दा सजिलो र भरपर्दो उपाय पनि छ। जसले तपाइँको कम्प्युटर तपाइँले चाहे जसरी नै छिटो बन्द हुने बनाउँछ। त्यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि पर्दैन अनि कम्प्युटरको पावर बटन दबाउन वा तार फुस्काउन पनि पर्दैन। त्यसका लागि सानो उपाय मात्र लगाए हुन्छ।

तपाइँले आफ्नो कम्प्युटरलाई छिटो बन्द गराउन चाहनुहुन्छ भने कम्प्युटरको रजिष्ट्रीमा सानो परिवर्तन गरे मात्र हुन्छ। (यसखालको परिवर्तन गर्दा सामान्यतया कम्प्युटरमा खराबी नआउने भएपनि रजिष्ट्री फाइल ब्याकअप गर्न तथा सावधानी अपनाउन अनुरोध गरिन्छ)
त्यसका लागि तपाइँ आफ्नो कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसमा रहेको RUN मा क्लिक गरेर regedit टाइप गर्नुहोस्। त्यसपछि ओके वा इन्टर गर्नुहोस्। त्यसपछि देखिने Registry Editor वीण्डोमा त्यसपछि HKEY_CURRENT_USER मा त्यसपछि Control Panel Desktop मा क्लिक गर्नुहोस्। Desktop मा क्लिक गरेपछि तपाइँले दायाँ तर्फो बक्समा WaitToKillServiceTimeout लेखेको फाइल देख्नुहुन्छ। त्यसलाई दायाँ क्लिक गरेर Modify मा क्लिक गर्नुहोस्।

यसरी क्लिक गरेपछि WaitToKillServiceTimeout लेखेको एउटा बक्स वीण्डो देखिन्छ जसमा भ्यालुमा कुनै अंक लेखिएको पाउनुहुनेछ। त्यसलाई परिवर्तन गरेर १००० भ्यालु राख्नुहोस् र OK मा क्लिक गरेर छोड्नुहोस्।
यती गरिसकेपछि तपाइँको कम्प्युटर पहिले भन्दा धेरै छिटो बन्द भएको अनुभव गर्नुहुनेछ।
वीण्डोज सेभेन चलाउनुहुन्छ भने रजिस्ट्री एडिटरमा गएपछि HKEY_LOCAL_MACHINE त्यसपछि SYSTEM त्यसपछि CurrentControlSet त्यसपछि Control मा गएर WaitToKillServiceTimeoutलेखिएको फाइल पाउनुहुन्छ। त्यसमा क्लिक गर्दा आउने WaitToKillServiceTimeout लेखिएको वीण्डोमा रहेको भ्यालु डाटा भन्ने अप्समा देखिने १२००० लाई २००० मा परिवर्तन गरेर ओके गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो बन्द हुन्छ।


0 comments:

Post a Comment

khushima tips