All in One Tips and Trickskhushima Tips And TricksKhushima Tricks

Monday, November 24, 2014

Posted by Santosh Nembang On 3:47 AM No comments

जिल्ला विकास समितिले चिया निकासीमा दोब्बर कर वृद्धि गरेपछि 


इलाम, श्रावण २८ - जिल्ला विकास समितिले चिया निकासीमा दोब्बर कर वृद्धि गरेपछि व्यवसायी विरोधमा उत्रिएका छन्। जिविसले प्रतिकिलो १ रुपैयाँबाट २ रुपैयाँ पुर्याएको हो। यसबाट व्यवसाय संकटमा पर्ने व्यवसायीको गुनासो छ। जिल्लाका २९ साना ठूला चिया कारखानाले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएका छन्।
'एकैपटक १ सय प्रतिशत कर वृद्धि गरिएबाट चिया उद्योगी, व्यापारी, साना किसान, कर्मचारी, मजदुरलगायत प्रभावित भएका छन्,' विरोधपत्रमा उल्लेख छ। व्यवसायीले प्रतिकिलो ४० पैसा मात्र तिर्ने जनाउँदै वृद्धि गरिएको कर फिर्ता गर्न आग्रह गरेका हुन्। गएको वर्ष तयारी चियामा प्रतिकिलो १ रुपैयाँ निकासी कर थियो। यो वर्ष प्रतिकिलो २ रुपैयाँ तोकिएको छ। जिल्ला विकास समितिले भने १० वर्षदेखि कर वृद्धि नभएकाले यो पटक वृद्धि गरिएको जनाएको छ।
'जिल्ला परिषद्ले कर बढाउने निर्णय गरेको हो,' लेखा अधिकृत दिनेश पोख्रेलले भने। जिविसले गएको वर्ष कृषिजन्य सामग्री निकासीबाट सबैभन्दा धेरै करबाट आम्दानी गरेको छ। जिविसले संकलन गरेको आन्तरिक १ करोड ७० लाख ८३ हजार आन्तरिक आयमध्ये १ करोड ९ लाख ८ हजार रुपैयाँ कृषि र पशुजन्य सामग्रीको निकासीबाट आम्दानी गरेको थियो। जिविसले निकासी हुने अधिकांश कृषिउपजको कर बढाएको छ।
जिल्ला निकासी गर्दा कुन वस्तु कति उत्पादन हुन्छ भन्ने मूल्यांकन नै नगरी हचुवाको भरमा ठेक्का लगाइएको व्यवसायीको आरोप छ। 'चियाको बजार मूल्य नभएकाले त्यसै पनि धान्न मुस्किल छ,' इलाम टी प्रोड्युसर्सका महेश अर्यालले भने, 'हजारौं कृषक आश्रति चियालाई प्रवर्द्धन गर्नुको सट्टा कर मात्रै थोपरिँदै गएकाले समस्या भएको हो।'
एउटै चिया कारखानाले लाखौं रुपैयाँ वाषिर्क कर तिर्नुपरेको र दोब्बर बनाउँदा थेग्नै नस्कने अवस्था आएको हो। 'एउटै कारखानाले १२ देखि १४ लाख किलोसम्म तयारी चिया उत्पादन गर्छन्,' प्रतिकिलो १ रुयैयाँ तिर्दा पनि ठूलो रकम खर्चनुपरेको अवस्थामा दोब्बर वृद्धि हुँदा कसरी तिर्न सकिन्छ,' अर्यालले भने।
उद्योगीले पनि करको बहानामा हरियो चियापत्तीको मूल्य कम दिने गरेको कृषकको गुनासो छ। भारतीय बजारमा निर्भर यहाँ उत्पादित चियाले न्यून मात्र मूल्य पाउने गरेकाले संकटमा परेको अवस्थामा कर वृद्धि गर्न नहुने उनीहरूको माग छ।

0 comments:

Post a Comment

khushima tips