All in One Tips and Trickskhushima Tips And TricksKhushima Tricks

Monday, November 24, 2014

यसरी छिटो बन्द हुन्छ कम्प्युटर


कम्प्युटर प्रयोग गर्नेहरुलाई कम्प्युटर सुस्तो खुलेर र ढिलो बन्द भएर हैरान बनाएको हुन्छ। तपाइँले दैनिक नै कम्प्युटर ढिलो बन्द भएका कारण घर वा कार्यालयबाट निस्कन ढिलाइ भोग्नुभएको होला। कम्प्युटरको अपरेटिङ सिस्टम बन्द हुनका लागि केही समय लागिहाल्छ। त्यो तपाइँ हामीलाई हतार भएको बेलामा निक्कै लामो लागिरहेको हुन्छ।
त्यसैले कतिपयले कम्प्युटरलाई छिटो बन्द गराउनका लागि फोर्स सटडाउन जस्ता सफ्टवेयर पनि हालेका हुन्छन्। तर, सफ्टवेयर राखेर छिटो कम्प्युटर बन्द गराउनु भन्दा सजिलो र भरपर्दो उपाय पनि छ। जसले तपाइँको कम्प्युटर तपाइँले चाहे जसरी नै छिटो बन्द हुने बनाउँछ। त्यसका लागि कुनै सफ्टवेयरको आवश्यकता पनि पर्दैन अनि कम्प्युटरको पावर बटन दबाउन वा तार फुस्काउन पनि पर्दैन। त्यसका लागि सानो उपाय मात्र लगाए हुन्छ।

तपाइँले आफ्नो कम्प्युटरलाई छिटो बन्द गराउन चाहनुहुन्छ भने कम्प्युटरको रजिष्ट्रीमा सानो परिवर्तन गरे मात्र हुन्छ। (यसखालको परिवर्तन गर्दा सामान्यतया कम्प्युटरमा खराबी नआउने भएपनि रजिष्ट्री फाइल ब्याकअप गर्न तथा सावधानी अपनाउन अनुरोध गरिन्छ)
त्यसका लागि तपाइँ आफ्नो कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसमा रहेको RUN मा क्लिक गरेर regedit टाइप गर्नुहोस्। त्यसपछि ओके वा इन्टर गर्नुहोस्। त्यसपछि देखिने Registry Editor वीण्डोमा त्यसपछि HKEY_CURRENT_USER मा त्यसपछि Control Panel Desktop मा क्लिक गर्नुहोस्। Desktop मा क्लिक गरेपछि तपाइँले दायाँ तर्फो बक्समा WaitToKillServiceTimeout लेखेको फाइल देख्नुहुन्छ। त्यसलाई दायाँ क्लिक गरेर Modify मा क्लिक गर्नुहोस्।

यसरी क्लिक गरेपछि WaitToKillServiceTimeout लेखेको एउटा बक्स वीण्डो देखिन्छ जसमा भ्यालुमा कुनै अंक लेखिएको पाउनुहुनेछ। त्यसलाई परिवर्तन गरेर १००० भ्यालु राख्नुहोस् र OK मा क्लिक गरेर छोड्नुहोस्।
यती गरिसकेपछि तपाइँको कम्प्युटर पहिले भन्दा धेरै छिटो बन्द भएको अनुभव गर्नुहुनेछ।
वीण्डोज सेभेन चलाउनुहुन्छ भने रजिस्ट्री एडिटरमा गएपछि HKEY_LOCAL_MACHINE त्यसपछि SYSTEM त्यसपछि CurrentControlSet त्यसपछि Control मा गएर WaitToKillServiceTimeoutलेखिएको फाइल पाउनुहुन्छ। त्यसमा क्लिक गर्दा आउने WaitToKillServiceTimeout लेखिएको वीण्डोमा रहेको भ्यालु डाटा भन्ने अप्समा देखिने १२००० लाई २००० मा परिवर्तन गरेर ओके गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो बन्द हुन्छ।


Posted by Santosh Nembang On 3:47 AM No comments

जिल्ला विकास समितिले चिया निकासीमा दोब्बर कर वृद्धि गरेपछि 


इलाम, श्रावण २८ - जिल्ला विकास समितिले चिया निकासीमा दोब्बर कर वृद्धि गरेपछि व्यवसायी विरोधमा उत्रिएका छन्। जिविसले प्रतिकिलो १ रुपैयाँबाट २ रुपैयाँ पुर्याएको हो। यसबाट व्यवसाय संकटमा पर्ने व्यवसायीको गुनासो छ। जिल्लाका २९ साना ठूला चिया कारखानाले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएका छन्।
'एकैपटक १ सय प्रतिशत कर वृद्धि गरिएबाट चिया उद्योगी, व्यापारी, साना किसान, कर्मचारी, मजदुरलगायत प्रभावित भएका छन्,' विरोधपत्रमा उल्लेख छ। व्यवसायीले प्रतिकिलो ४० पैसा मात्र तिर्ने जनाउँदै वृद्धि गरिएको कर फिर्ता गर्न आग्रह गरेका हुन्। गएको वर्ष तयारी चियामा प्रतिकिलो १ रुपैयाँ निकासी कर थियो। यो वर्ष प्रतिकिलो २ रुपैयाँ तोकिएको छ। जिल्ला विकास समितिले भने १० वर्षदेखि कर वृद्धि नभएकाले यो पटक वृद्धि गरिएको जनाएको छ।
'जिल्ला परिषद्ले कर बढाउने निर्णय गरेको हो,' लेखा अधिकृत दिनेश पोख्रेलले भने। जिविसले गएको वर्ष कृषिजन्य सामग्री निकासीबाट सबैभन्दा धेरै करबाट आम्दानी गरेको छ। जिविसले संकलन गरेको आन्तरिक १ करोड ७० लाख ८३ हजार आन्तरिक आयमध्ये १ करोड ९ लाख ८ हजार रुपैयाँ कृषि र पशुजन्य सामग्रीको निकासीबाट आम्दानी गरेको थियो। जिविसले निकासी हुने अधिकांश कृषिउपजको कर बढाएको छ।
जिल्ला निकासी गर्दा कुन वस्तु कति उत्पादन हुन्छ भन्ने मूल्यांकन नै नगरी हचुवाको भरमा ठेक्का लगाइएको व्यवसायीको आरोप छ। 'चियाको बजार मूल्य नभएकाले त्यसै पनि धान्न मुस्किल छ,' इलाम टी प्रोड्युसर्सका महेश अर्यालले भने, 'हजारौं कृषक आश्रति चियालाई प्रवर्द्धन गर्नुको सट्टा कर मात्रै थोपरिँदै गएकाले समस्या भएको हो।'
एउटै चिया कारखानाले लाखौं रुपैयाँ वाषिर्क कर तिर्नुपरेको र दोब्बर बनाउँदा थेग्नै नस्कने अवस्था आएको हो। 'एउटै कारखानाले १२ देखि १४ लाख किलोसम्म तयारी चिया उत्पादन गर्छन्,' प्रतिकिलो १ रुयैयाँ तिर्दा पनि ठूलो रकम खर्चनुपरेको अवस्थामा दोब्बर वृद्धि हुँदा कसरी तिर्न सकिन्छ,' अर्यालले भने।
उद्योगीले पनि करको बहानामा हरियो चियापत्तीको मूल्य कम दिने गरेको कृषकको गुनासो छ। भारतीय बजारमा निर्भर यहाँ उत्पादित चियाले न्यून मात्र मूल्य पाउने गरेकाले संकटमा परेको अवस्थामा कर वृद्धि गर्न नहुने उनीहरूको माग छ।

अदुवा खानुस फाईदा लिनुस ।

अदुवा खानुस फाईदा लिनुस ।
मानिसको शरीरमा विभिन्न पौष्टिक
तत्वहरुको आवश्यकता रहेको हुन्छ ।
खानेकुराहरुमा कुनै
कुरा शरीरका लागि बढी फाइदाजनक हुन्छ कुनै
कम । हामी खाने कुरा मध्ये अदुवा पनि एक
हो अदुवा एक आर्युवेदिक औषधि मानिन्छ ।
चिकित्सकहरुका अनुसार अदुवाले विभिन्न
औषधीय काम गर्छ ।
१. मानिसले अदुवा दैनिक
जसो खाँदा शरीरमा रोग प्रतिरोधत्मक
क्षमता बढाउने गर्छ ।
२. अदुवाले खानामा प्रयोग गरेर
खाँदा स्वादिष्ट त हुन्छ ।
३. चिसो याममा अदुवा सेवन
गर्दा शरीरमा गर्मी हुने गर्छ त्यसैले
चिसोबेला यसको सेवन गर्दा बिभिन्न
चिसोका रोगहरुबाट बच्न सकिन्छ ।
४. रुघाखोकी लागेको बेला अदुवाको रस
खानाले खोकी निकाे हुने गर्छ ।
५. गर्भअवस्थाको सुरुसुरुमा पनि महिलालाई
वाकवाकी लाग्ने
समयमा अदुवा खाँदा समस्याबाट मुक्ति पाउन
चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।
६ धेरै मानिसहरु बस अथवा प्लेन चढ्दा वाकवाक
गर्ने गर्छन
यस्तो बेला पनि अदुवा खाँदा वाकवाक कम हुने
गर्छ ।
७. अदुवाले खानेकुरा पचाउने काम समेत गर्छ । अपच
भएको बेला अदुवाका साना साना टुक्रा बिरे
नुन सँग मिलाएर खाँदा अपच ठिक हुने गर्छ ।
८. नियमित रुपमा अदुवा सेवन गर्दा
शरीरमा बढी भएको कोलेस्टेरोल नामक
बोसो घटाउन मदत गर्छ जसका कारण
मुटुको रोगबाट समेत बच्न सकिने चिकित्सकहरुले
बताएका छन्

Sunday, November 23, 2014

पारस शाह बैंककमा फेरि पक्राऊ


पूर्वयुवराज पारस शाह बैंककमा फेरि पक्राऊ 
२४ असोज काठमाडौं । अवैध लागूऔषध कारोबारमा पटक-पटक समातिँदै आएका पूर्वयुवराज पारस शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन् । पक्राऊपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ ।
हत्कडी लगाइएका पारसको अनुहार केही कालो र गँजडीकोजस्तै बिद्रूप देखिएको छ । पाङ्ग्रे टीसर्टमा देखिएका पारसलाई उनकै कार अगाडि हत्कडीसहित उभ्याएर प्रहरीले बरामद गरिएको लागू पदार्थ सार्वजनिक गरेको छ । त्यसपछि उनलाई पुलिस स्टेसनमा सार्वजनिक गरिएको छ ।
शाह बुधबार दिउँसो १ बजे पक्राउ परेको थाई भाषाको पत्रिका ‘खाई न्युज’ले जनाएको छ । सो पत्रिकाका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो ।
पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।
साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको त्यहाँको प्रहरीलाई उधृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।
यसअघि लागू अाैषध काराेबार पटक पटक समाितने गरेका शाह गत फेब्रुअरीमा हृदयाघात भएपछि लामाे समय अचेत बनेर निकाे भएका थिए ।

khushima tips